असार २३, २०७९ बिहिबार

काठमाडौं: महिला युरोपियन च्याम्पियनसिप फुटबलमा आयोजक इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ।

गएराति भएको उद्घाटन खेलमा अष्ट्रियालाई १–० ले हराउँदै घरेलु टोलीले सुखद सुरुआत गरेको हो। इंग्ल्यान्डको जितमा बेथ मिडले निर्णायक गोल गरिन्।

जितसँगै इंग्ल्यान्डले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ।  

महिला युरोमा १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन्।