भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारका लागि लगिएको छ।
लालु यादवको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
उनको कलेजो/मृगौला प्रत्यारोपणका लागि कुरा भइरहेको छ।
लालु यादव पटनास्थित आफ्नो निवासको सिँढीबाट लडेका थिए। उनलाई पटनाको पारस अस्पतालमा भर्ना गरियो। तर उनको स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार एयर एम्बुलेन्सबाट दिल्लीको एम्स अस्पतालमा लगियो। ७५ वर्षीय लालु यादव एकैपटक धेरै रोगसँग लडिरहेका छन्।
उनको यही महिना सिंगापुरमा मिर्गौला प्रत्यारोपण हुने भएको थियो । लालु यादव मधुमेह र उच्च रक्तचापबाट पनि पीडित हुन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले बुधबार पारस अस्पतालमा लालु यादवलाई भेटेका थिए। उनले लालु यादवको उपचार सरकारी खर्चमा हुने बताएका छन् । एजेन्सी