असार २३, २०७९ बिहिबार

कम्यूनिष्ट 

एक रात 
म कम्यूनिष्ट भएँ !
त्यसै रात मेरो खाट भाँचियो !

अर्को बिहान 
म सिकर्मीकोमा गएँ 
उसको हथौडा भाँचिएको थियो,
म फर्किएँ !

तेश्रो रात 
मैले बिहे गरें !
तत्पश्चात् 
म कहिलै कम्यूनिष्ट भइनँ !

✍️हेमन्त गिरी