असार २३, २०७९ बिहिबार

काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रका नाममा सम्बोधन गर्दै कन्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएका छन्। उनले आफू नयाँ प्रधानमन्त्रीको पर्खाइमा रहेको र दलको नयाँ नेतालाई आफ्नो पूर्ण समर्थन रहने बताएका छन्।

पद छोड्दा आफूलाई दु:ख लागेको भन्दै जोन्सनले दुनियाँको सबैभन्दा राम्रो जागिर नै जनताको सेवा भएको बताए।

जोन्सनको नेतृत्वमा प्रश्न उठाउँदै ब्रिटेनका अर्थ र स्वास्थ्यमन्त्रीले राजीनामा दिएपछि उनी दबाबमा परेका थिए।

जोन्सन २०१९ जुलाई २३ मा ब्रिटेनको प्रधानमन्त्री निर्वाचित भएका थिए।