असार २४, २०७९ शुक्रबार

स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल खेल नखेल्ने भएका छन् ।

दोस्रो वरियताका नाडालले सेमिफाइनल खेलबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

नाडालले पेटको चोटको कारण सेमिफाइनल खेल नखेल्ने भएका हुन् ।

३६ वर्षीय नाडालले सेमिफाइनलमा निक क्रिगोससँग खेल्ने तालिका रहेको थियो ।

नाडालले नाम फिर्ता लिएपछि निक फाइनल पुगेका छन् ।

सेन्टर कोर्टमा बुधवार राति अमेरिकाका टेलर फ्रिट्जविरुद्धको खेलमा नाडालले चोट बोकेका थिए ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।