काठमाडाैँ । सरकारले एकैदिन १५ अर्ब रुपैयाँकाे भुक्तानी दिएकाे छ ।
आर्थिक वर्षको अन्तिम समय आएकोले सरकारले भुक्तानीलाई तीव्रता दिँदै शुक्रवार १५ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी दिएको हो ।
चालू आर्थिक वर्षमा सरकारले छुट्याएको १६ खर्ब ३२ अर्ब मध्ये आज सम्म १२ खर्ब १२ अर्ब रुपैयाँ अर्थात् ७४ प्रतिशत खर्च भएको छ ।