असार २७, २०७९ सोमबार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण राष्ट्रिय प्रसारक एनएचकेले आइतबार गरेको छ । 

पूर्व प्रधानमन्त्रीको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी ९एलडीपी० र यसको गठबन्धन सहयोगी कोमेइटोले संसदको माथिल्लो सभाको १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा बिजय हुने अनुमान एनएचकेको सर्वेक्षणले देखाएको छ । यो यस पहिले उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।

आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई साहनुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो । 

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद् पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनपर्नेमा जोड दिएका थिए।

शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोलीप्रहार भएको थियो  ।