असार २७, २०७९ सोमबार

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को वित्तीय विवरणअनुसार सो अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा  ३.८ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा हाल रेमिट्यान्समा सुधार देखिएको हो ।