फागुन ८, २०७७ शनिबार

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ(एनएनआईपिए)ले शनिबार भक्तपुर मध्यपुर थिमीमा आयोजना गरेको १५ औं संस्करणको एनएनआईपीए स्पोर्टस् अवार्डमा  पौडी खेलाडी गौरिका सिंह १५औं संस्करणको एनएनआइपीए स्पोर्टस् अवार्डको महिला तर्फको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् भने गत सागमा दोहोरो स्वर्ण विजेता कराते खेलाडी मन्डेकाजी श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी बने  

गौरिकाले गत वर्ष घरेलु भुमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीबाट नेपाललाई चार वटा स्वर्ण पदक दिलाएकी थिइन् ।

सर्वोत्कृष्ट वर्ष खेलाडी बनेसँगै दुवै खेलाडी ट्रफिसहित नगद रु. एक एक लाख प्राप्त गरेका छन् ।