आइएमई जनरल इन्स्योरेन्सका बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नियुक्त भएका छन् ।
सोमवार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् ।
उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फो डेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ ।
माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपुर्ण योगदान दिएको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनी सन् २००१ मा स्थापना भएको निर्जीवन बीमा कम्पनी हो ।
२ अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समुहहरुको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्णप्रसाद शर्मा रहेका छन् ।