चैत २२, २०७७ आइतबार

 

काठमाण्डौ। नेपाल पत्रकार महासंघको चैत २५ का लागि तोकिएको निर्वाचनका लागि स्थानीय तहमै हुने सहमतिलाई बन्देज नलगाइएको नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र विश्वमणि पोखरेल उपाध्यक्ष रहेको प्रेस चौतारीले जनाएको छ । 

तर, काठमाडौं र ललितपुरको हकमा भने केन्द्रीय एलाइन्सअनुसार निर्वाचन संयन्त्र बनाउन परिपत्र जारी गरेको छ । केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्य संख्याको आधारमा निर्धारण गर्न परिपत्र गरिएको बताइएको छ ।
महासंघको नेतृत्वका लागि विपुल पोखरेल  र निर्मला शर्मा नेतृत्वको प्यानल चुनावी दौडमा रहेको छ ।  

यस्तै विभिन्न जिल्लामा महासंघको नेतृत्वको लागि तीन संगठनबीच बाँडफाँड पनि गरिएको छ ।