असार २८, २०७९ मंगलबार

बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ। सयौँ प्रभावित भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

भीषण वर्षाका कारण प्रान्तका विभिन्न भागमा भएका दुर्घटनामा ४८ जना घाइते भएका तथा ६ सय ७० भन्दा बढी घर भत्किएको प्राधिकरणले जानकारी दिएको छ।

कराँचीको कोरङ्गी, सदर, निपा चौरङ्गी, पिपल्स चौरङ्गी, सुपरहाइवे र शहरका अन्य भागमा सोमबार पनि भीषण वर्षा भएको थियो भने केही भाग डुबानमा परेका छन्। डुबान क्षेत्रमा यातायात बन्द भएको छ। वर्षाकै कारण विद्युत् आपूर्तिका खम्बाबाट करेन्ट प्रवाह हुँदा ३ जनाले ज्यान गुमाएका छन्।