काठमाडौं । हतियार किन्ने सरकारको निर्णयको विरोधमा एमाले निकट युवा संघले नयाँ बानेश्वरमा मसालसहित प्रदर्शन गरेको छ । देशमा विदेशी मुद्राको सञ्चिति न्यून रहेका बेला कमिसनको चक्करमा सरकारले हतियार किन्न लागेको उनीहरूको आरोप छ ।
मसाल जुलुसका क्रममा हस्तक्षेप नगरेको पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको थियो । यद्यपि युवा संघका नेता र प्रहरीबीचको छलफलबीच स्थिति सामान्य बनेको थियो ।