असार २९, २०७९ बुधबार

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन्  ।

राजापाक्षे स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । 

उनले  कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ(३२ मार्फत देश छाडेको बताइएको छ । 

शनिवार राष्ट्रपति निवासमै पुगेर ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरूले तोडफोड गरेपछि राजापाक्षे ज्यान जोगाउन श्रीलंकामै लुकिरहेका थिए । 

राजीनामाको माग आएपछि उनले आज ९जुलाई १३० राजीनामा दिने समेत बताएका थिए । 

राजापाक्षेसँग उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । 

राजापाक्षेको गलत नीति र कुशासनका कारण श्रीलंकामा चरम आर्थिक संकट भएको भन्दै उनको तीव्र विरोध भएको थियो । 

शनिवार राष्ट्रपति निवासमा तोडफोट गरेका प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा समेत आगजनी गरेका थिए ।