असार २९, २०७९ बुधबार

 पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ । 

बुधवार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५२ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएका २२५ कम्पनीका  ५७ लाख ८७ हजार १२६ कित्ता शेयर २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भए । मंगलबारको तुलनामा बुधवार कारोबार रकम बढेको छ । मंगलबार १ अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । 

बुधबार नेप्सेका १३ वटै उपसमूहहरुको सूचकमा हरियाली छाएको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.९६ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक उपसमूहको परिसूचक ६.२५ अंकले बढेको छ भने व्यापार उपसमूह ५.३९ ,जलविद्युत ४.७१,अन्य उपसमूहको ४.७२ प्रतिशतले बढेको छ । 

बुधबारको कारोबारमा नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.९० प्रतिशत र  कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८२ प्रतिशतले बढेको छ ।