असार २९, २०७९ बुधबार

काठमाडौँ । आर्थिक वर्ष २०७७/०७८ मा सरकारको बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा सरकारको बेरुजु बढेको महालेखा परीक्षककाे कार्यालयले जनाएको छ ।

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ ।