असार २९, २०७९ बुधबार

काठमाडौं : सर्वोच्च अदालतले १ सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ।

बुधबार बसेको सर्वोच्चको पूर्ण बैठकले नेपाल कानुन व्यवसायी परिषद्‌ ऐन २०५० को दफा २१ बमोजिम १३३ अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्ने निर्णय गरेको सह प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

वरिष्ठ उपाधि पाउनेमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दी, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराई, पूर्वमहासचिव सुनिल पोखरेल, अधिवक्ता मेघराज पोखरेल, प्रतिनिधिसभाको कानुन न्याय समितिका सभापतिसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेललगायत रहेका छन्।

त्यस्तै भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले, रामकिशोर महतो, जनकबहादुर बोहरा, मीराकुमारी ढुंगाना, माधवराज बास्तोला, विष्णुप्रसाद शर्मा, ज्ञानेन्द्रप्रसाद पोखरेललगायतले पनि पाएका छन्।