इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्याण्डका विंगर तथा म्यानचेस्टर सिटीका फर्वाड रहिम स्ट्रर्लिङलाई ५० मिलियन पाउन्डमा अनुबन्ध गरेको छ।
चेल्सीले बुधबार विंगर स्ट्रर्लिङलाई अनुबन्ध गरेको हो। चेल्सीले स्ट्रर्लिङलाई प्रिमियर लिग प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीबाट अनुबन्ध गरेको हो।
सिटीले अर्लिङ हल्यण्डलाई अनुबन्धन गरेसँगै स्ट्रलिङले सम्झौता बाँकी रहँदै क्लब छोड्न चाहेका थिए। चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेको छ। २७ वर्षीय विंगरले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाडेका हुन्।
सिटीले उनलाई २०१५ मा लिभरपुलबाट आफ्नो क्लबमा ४९ मिलियन पाउण्ड अनुबन्धन गरेको थियो। स्ट्रर्लिङले सिटीका लागि ३३९ खेलमा १३१ गोल गरेका छन्। गत सिजन उनले ३० प्रिमियर लिग खेलमा १३ गोल गरेका थिए।
उनी आफ्नो सिटी करिअरमा ४ प्रमियर लिग जित्न सफल रहे। इंग्ल्याण्डका लागि उनले ७७ खेल खेलिसकेका छन्।