महेश सिंह । - जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरूको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शत्रुघनप्रसाद चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा लहान नगरपालिका मेयर महेश चौधरी र विशिष्ट अतिथिमा रामचलितर महतो, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेवतीरमन शर्मा, लहानका प्रहरी इन्चार्ज कुमार मैनालीलगायतको उपस्थिति रहेको थियो।