सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ६ गते शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको जारी पूँजी ८५ करोड रूपैयाँको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० करोड रूपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न असार २३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
क-कसले भर्न पाउँछन् ?
यस आईपीओमा कम्पनीको आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।
कति दिने आवेदन ?
स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
यस आईपीओमा छिटोमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
को हो बिक्री प्रबन्धक ?
कम्पनीले उक्त प्रयोजनका लागि बिओके क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालय, बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड एवमं नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।