असार ३१, २०७९ शुक्रबार

सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु गरिएको छ। 

१ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो। 

अस्पतालमा जडान गरिएको अक्सिजन प्लाण्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ।

एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिनेछ। अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने  निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाइ छ।