असार ३१, २०७९ शुक्रबार

ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।

इसेवा र ब्रिटिस काउन्सिलबीच भएको अनलाइन भुक्तानी सम्झौता अनुसार ब्रिटिस काउन्सिलले लिने आईएलटीएस परीक्षाको शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने भएको जनाएको छ ।

यससँगै आईएलटीएस परीक्षा दिने परीक्षार्थीले इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ ।

यस्तै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिने जनाएको छ ।