असार ३१, २०७९ शुक्रबार

नेपाली बजारमा शुक्रवार अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।

शुक्रवार अमेरिकी डलरको खरिद दर १२७.५१ रुपैयाँ र बिक्रीदर १२८.११ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यो डलरको भाउको हालसम्मको उच्च मूल्य हो भने नेपाली रुपैयाँ इतिहासमै कमजोर बनेको छ । 

यसअघि बिहीवार अमेरिकी डलरको खरिद दर १२७.१२  रुपैयाँ र बिक्री दर १२७.७२ रुपैयाँ कायम भएको थियो ।

 यस्तो छ आजको विदेशी सटही दर