अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको मृत्यु भएको छ। तीन सन्तानकी आमा इभानाको ७३ वर्षको उमेरमा निधन भएको हो।
डोनाल्ड ट्रम्पले इभानाको सम्झनामा आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सन्देश लेखेका छन् । उनले लेखेका छन्, 'उनी एक सुन्दर र अद्भुत महिला थिइन्, जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन्।'
इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो । उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरूको सम्बन्धविच्छेद भयो ।
उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । इभानाको शव न्यूयोर्कमा उनको घरको सिँढी नजिकै भेटिएको थियो। उनी लडेको हुन सक्ने आशंका गरिएको छ।
डोनाल्ड र इभाना सन् १९८० देखि १९९० को दशकसम्म न्यूयोर्कका चर्चित व्यक्तित्व थिए। उनीहरुको सम्बन्धविच्छेदको खबरले निकै चर्चा पाएको थियो। बीबीसी