असार ३१, २०७९ शुक्रबार

काठमाडौँ, ३१ असार । आज नेपाली बजारमा सुनको मूल्य  घटेको छ । बिहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको मुल्य आज ११ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजोको तुलनामा आज चाँदीको भाउ ३५ रुपैयाँले घटेको हो ।