असार ३१, २०७९ शुक्रबार

काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । यस्तै तीनजना डिआइजीले दायर गरेको मुद्दा पनि खारेज भएको छ । योसँगै पोखरेलको आइजीपी बन्ने सम्भावना अन्त भएको छ ।

आइजीपी नबन्ने भएपछि पोखरेल उमेरको हदले २० साउनमा घर जाने भएका छन् । उनी उक्त समयमा ५६ वर्ष पुग्नेछन् ।

सरकारले तेस्रो वरियताका एआइजी सिंहलाई आइजीपी नियुक्त गरेको भन्दै पोखरेलले रिट दायर गरेका थिए । तर, पोखरेल इन्स्पेक्टरमा भर्ना हुँदा सिंहभन्दा वरियतामा निकै तल थिए । एसपीसम्म वरियतामा सिंहभन्दा पछि थिए । पछि छलाङ मार्दै एआइजी बने । वरियतमा माथि परे तर रोक्किनपुगे ।