चैत २३, २०७७ सोमबार


काठमाण्डौ। देशभर चैत २५ गते एकसाथ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । 

आसन्न पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरी प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी (खनाल ओली) लगायत १२ सङ्गठनको गठबन्धन निर्माण गरी निर्वाचनमा होमिएका छन् । 

 बागलुङमा भने नेपाल पत्रकार महासंघको निर्वाचन फरक हुने भएको छ । बागलुङमा केन्द्रमा तय भएको गठबन्धन लाई तोडेर पत्रकारका संघ संगठनले विगतको सहमतिलाई कार्यान्वयन गर्ने भन्दै २ वटा प्यानल खडा गरेका छन । प्रेस युनियन, प्रेस चौतारी नेपाल (ओली निकट) र प्रगतिशील पत्रकार संघले संयुक्त प्यानल मनोनयन दर्ता गरेका छन् । त्यस्तै प्रेस संगठन नेपाल, प्रेस चौतारी (नेपाल निकट)  ले अर्को प्यानलको मनोनयन दर्ता गरेका छन् । 

यो पटक बागलुङमा पत्रकार महासंघको निर्वाचन रोचक र प्रतिष्पर्धी हुने देखिएको छ भनें केन्द्रमा तय भएको गठबन्धन बागलुङमा तोडिए पछि केन्द्र, प्रदेश र अन्य जिल्लाहरुमा भनें प्रभाव पार्ने आंकलन गर्न थालिएको छ ।

यद्यपि सहमतिको लागि प्रयास भने जारी राखिएको पत्रकारका संघ संगठनले बताएका छन । बागलुङमा दुई गठबन्धनले १७ पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।