करार कर्मचारी हटाएको विषयलाई लिएर प्रदर्शन हुँदा दैलेखमा गोली चलेको छ । दैलेखको गुराँस गाउँपालिकाले शुक्रबार करार कर्मचारी हटाएको विषय लिएर करार कर्मचारीहरूले गाउँपालिकाको कार्यालय नजिकै प्रदर्शन गर्दा आन्दोलन उग्र भएपछि प्रहरीले गोली चलाएको हो ।
गोली चल्दा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिएका छन् ।
घाइतेमध्ये वडा नम्बर १ का कार्यालय सहायक बखत खत्री रहेका छन् । अन्यको पहिचान भने खुलेको छैन । घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।