मेक्सिको : मेक्सिकोको सिनालोआमा शनिबार हेलिकप्टर दुर्घटना हुँदा १४ जना सेनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मेक्सिकोको नौसेना(समुद्री सेना)को हेलिकप्टर 'ब्ल्याक हक' दुर्घटनाको कारण भने खुलेको छैन । सेनाको हेलिकप्टरमा १५ जना सवार थिए । जसमध्ये १४ जनाको दुर्घटनामा नै ज्यान गएको छ । उद्धारकर्मीले घाइतेलाई तत्कालै नजिकैको अस्पतालमा लगेर उपचार गराइरहेको बताएका छन्।
स्थानीय सञ्चारमाध्यमले नौसेनालाई उद्धृत गर्दै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए।