साउन २, २०७९ सोमबार

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले पुनः भारतीय क्लबबाट खेल्ने भएकी छिन् । उनी गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो । 

गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी सावित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्ने छिन् ।

सन् २०२० सिजन सावित्राले गोकुलमबाट लिग उपाधि जितेकी थिइन् । त्यस अघि सावित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आई लिगको उपाधि जितेको थियो ।