साउन २, २०७९ सोमबार

स्थानीय समयानुसार आइतबार मध्याह्न १२ बजे अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलनमा   दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।

सिबिएसन्युजका अनुसार पाइपर पिए-४६ कलसाइन भएको जहाज र सेस्ना-१७२ जहाज आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि पिए-४६ जहाज धावन मार्गमा बजारिएको थियो भने सेस्ना १७२ नजिकैको पोखरीमा खसेको थियो। दुबै जहाजमा दुई-दुई जना सवार थिए। दुर्घटनाको विषयमा उड्डयन प्राधिकरणले अनुसन्धान गरिरहेको छ।