साउन २, २०७९ सोमबार

नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)का लागि बढुवा सिफारिस भएका छन्।

 

आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल प्रहरीको जनपथ प्रहरीतर्फको ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिसको सूची प्रकाशित गरेको छ।