काठमाडौँ, २ साउन । विश्वराज पोखरेलले प्रहरी मुख्यालय पुगेर नेपाल प्रहरीका एआइजी पदबाट राजीनामा दिएका छन् ।
प्रहरीको मानव स्रोत विभागमा पुगेर पोखरेलले राजीनामा दिएर सेवाकालमा अन्तिम पटक मुख्यालय आएको बताएका थिए ।
धीरजप्रताप सिंहलाई आइजीपी बनाएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि उनले मुद्दा हारेका थिए । त्यसपछि उनका लागि २० साउनसम्म पदमा रहने या राजीनामा दिनेमध्येको विकल्प थियो । उनले राजीनामा दिए ।