साउन ३, २०७९ मंगलबार

एजेन्सी । ३२ वर्षीय विवाहित इन्जिनियर आफ्नी प्रेमिकालाई भेट्न माल्दिभ्स गएका थिए ।

जब उनी फर्कन थाले, उनले राहदानीको पाना च्याते जसमा माल्दिभ्सको यात्रा इतिहास थियो, ताकि आफ्नी श्रीमतीलाई उनी कहाँ गएको थाहा नहोस्।

विमानस्थलमा अध्यागमन अधिकारीले यसबारे जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले किर्तेको आरोपमा इन्जिनियरलाई पक्राउ गरेको थियो । राहदानी बिगार्नु अपराध हो भन्ने थाहा नभएको उनले प्रहरीलाई बताए ।

यस्तै अर्को घटना पनि बाहिर आएको छ । भोपालमा तीन वर्षकी छोरीले आफ्नो बुवाको राहदानीमा केही रेखा र रेखाचित्र बनाएपछि बाबुले १५ सय रुपैयाँ जरिवाना तिर्नुपरेको छ । त्यसपछि बाबुले नयाँ राहदानी बनाउन पर्यो ।