एजेन्सी: भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको लागि सम्झौता नवीकरण गरेका छन्।
४१ वर्षीय इब्राहिमोविचले नयाँ सम्झौता गरेसँगै सन् २०२३ को जुन ३० सम्म मिलानमा रहने पक्का भएको छ।
इभ्राहिमोविचले गत सिजन ८ गोल गर्दा एसी मिलानले सहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई पछि पार्दै सिरी ए उपाधि जितेको थियो।
सन् १९९९ मा माल्मोबाट डेब्यु गरेका इब्राहिमोविचले आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पिएसजी, म्यानचेस्टर युनाइटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन्।
१२१ खेल खेल्दै ६२ गोल गरेका इभ्राहिमोविच स्वीडेनको सर्वाधिक गोलकर्तासमेत हुन्।