साउन ३, २०७९ मंगलबार

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ ।

कम्पनीले बीमा समितिबाट श्रावण १ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस कायम गरेको छ ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारको छ :

62d63923573d6.JPG