संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो। सोमबारको बैठकमा तीनवटा प्रतिवेदन पेश हुने कार्यसूची रहेको संघीय संसदको महासचिव डा।भरतराज गौतमले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन आ।व २०७६(२०७७,सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको प्रतिवेदन २०७७ र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश हुने कार्य सूची छ।
