साउन ३, २०७९ मंगलबार

महेश सिंह । सिरहा - सिरहाको भगवान्‌पुर गाउँपालिका वडा नम्बर २ मा सार्वजनिक बिदाका दिनबाहेक पनि मनोमानी ढङ्गले वडा कार्यालय बन्द रहने गरेको स्थानीय श्रवणकुमार पासवानले बताएका छन् ।

मंगलबार पत्रकारहरूको टोलि त्यहाँ पुग्दा वडा कार्यालयको अगाडि सेवाग्राहीहरू आफ्नो काम गराउन बिहानैदेखि भीड लागेको थियो तर दिउँसो १ बजेसम्म पनि कार्यालय नखुलेको सेवाग्राहीको गुनासो रहेको छ ।

वडा सचिव विनोदकुमार यादव र वडा अध्यक्ष सुर्यनारायण यादवसमेत कार्यालयमा नरहेको स्थानीयले बताए।

सरकारी सेवा सुविधा लिने कर्मचारीसमेत कार्यालयमा उपस्थित नरहेको र १ बजेसम्म वडा कार्यालय बन्द रहेको छ ।

वडा अध्यक्ष सूर्यनारायण यादव नेपाल सरकारको अवकास प्राप्त प्रहरी निरीक्षक समेत हुन् । सेवाग्राहीहरू उनीसँग गुनासो राख्नै डराउने गरेको स्थानीयले बताएका छन् ।