नेपाल राष्ट्र बैंकले २ वटा विकास बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले अनिवार्य मौज्दात कायम नगरेबापत २ वटा विकास बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कर्णाली विकास बैंक र सिन्धु विकास बैंकलाई नगद जरिवाना गरेको छ ।
तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरे बापत कर्णाली विकास बैंकलाई एक पटक २० हजार ३ सय ५६ रुपैयाँ ७८ पैसा र अर्को पटक २ हजार एक सय ६३ रुपैयाँ २६ पैसा नगद जरिवाना गरिएको छ ।
त्यसैगरी, सिन्धु विकास बैंकलाई पनि तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात कायम नगरे बापत एक सय ७५ रुपैयाँ ४६ पैसा जरिवाना गरिएको छ ।