फागुन ९, २०७७ आइतबार

  एजेन्सी  ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।

शनिबार राति भएको खेलमा साबिक बिजेता लिभरपुल एभर्टनसँग आफ्नै घरमा २–० गोल अन्तरले पराजित हुन पुग्यो । प्रिमियर लिगमा लिभरपुलले यो सॅंगै लगातार तेस्रो खेलमा पराजय भोग्न पुग्यो  ।

एभर्टनका लागि रिचार्लसनले अग्रता दिलाएकामा जिल्फी सिगरसनले अग्रता दोब्बर पारेका थिए ।

प्रिमियर लिगको शीर्ष स्थानमा ५६ अंक जोडेको म्यानचेस्टर सिटी रहेको छ भने दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड ४६ अंकसहित रहेको छ ।