पोखरामा एटिएम फुटाएर १५ लाख चोरी भएको छ । पोखरा २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फुटाएर चोरी भएको हो ।
मध्यरातमा अज्ञात समूहले मेसिन फुटाएर रकम चोरेका कास्की प्रहरीले जनाएको छ । बैंकको सिसिटिभी फुटेजमा एटिएम कोठामा पसेर १५/२० मिनेटमा सामान्य तरिकाले लक खोलेर त्यहाँ रहेका पैसा निकालेको देखिएको छ ।
पैसा निकालेर बकस अर्घौंचोक पछाडि फालिएको छ । बैंकले अघिल्लो दिन १७ लाख एटिएममा राखेको जनाएको छ ।