साउन ५, २०७९ बिहिबार

गभर्नर अधिकारीको राजीनामा माग गर्दै तीन विद्यार्थी संगठनको प्रदर्शन  
काठमाडौं ।   महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको छ ।

नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गर्भनर अधिकारी एकै व्यक्ति भएको भन्दै उनीहरुले राजीनामा मागेका हुन् ।

विरोध प्रर्दशनसँगै आयोजित सभालाई नेविसंघका दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी पन्चा सिंह र अनेरास्ववियुका सुदेस पराजुलीले सम्बोधन गरेका थिए । प्रदर्शनकारीहरूले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्यचित्र समेत प्रदर्शन गरेका थिए ।

295067420_1103477023594836_1435407214167896918_n.jpg.jpg

295108261_813283713382435_4715831966365472278_n.jpg.jpg

293965463_5058202897635699_4913424298741075832_n.jpg.jpg