साउन ५, २०७९ बिहिबार

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको ड्राफ्टलाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बिफ्रिङ गर्दै छन् ।

बिहीबार बिहान मौद्रिक नीतिको बारेमा गभर्नरले बिफ्र गर्ने तयारी भए पनि प्रधानमन्त्रीको समय अभावको कारण बेलुकालाई सारिएको थियो । स्रोतका अनुसार केहीसमयपछि प्रधानमन्त्रीलाई गभर्नरले भेट्दै छन् ।  जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थमन्त्रालयको जिम्मा लिएका छन् ।