साउन ५, २०७९ बिहिबार

नेपाली टोलि साफ यू–२० च्याम्पियनसिप सहभागिता जनाउन शुक्रबार भारत जाने भएको छ।

एन्फाले शुक्रबार गर्ने बिदाइ कार्यक्रममा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलानलाई यू-२० टिमको कप्तान घोषणा गर्दै छ।

नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ। नेपाली टोलिका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने ‍दाबी गरेका छन्।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्।

नेपालले च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ। 

नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ।


नेपाली टिम

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख

डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान

फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी