साउन ६, २०७९ शुक्रबार

काठमाडौं  ः राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ। त्यस अघि बैंकको सञ्चालक समितिको बस्दै छ। विहान आठ बजे सञ्चालक समितिको बैठक बस्नेछ। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे बिहीबार प्रधानमन्त्री एवं अर्थमन्त्री शेरबहादुर देउवालाई नेपाल जानकारी गराएका छन्। बेलुकी साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई मौद्रिक नीतिबारे जानकारी गराएर एक घण्टामा बाहिरिएका थिए। 

बजेटमा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको प्रवेशपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

एमालेको अर्थ विभागमा रहेका एम अधिकारीको नामले विवादमा आएका छन्। साउन २ मै मौद्रिक नीति सार्वजनिकको तयारी गरेको राष्ट्र बैंकले  प्रधानमन्त्री देउवाले समय नदिएकाले रोकिएको थियो।