काठमाडौँ, साउन ६ । एक महिनाको थाइल्यान्ड बसाइँपछि राजा ज्ञानेन्द्र शाह र रानी कोमल आज स्वदेश फर्किँदै छन् । असार २३ गते राजा ज्ञानेन्द्रको ७६ औं जन्मोत्सव मनाउन शाह परिवार थाइल्यान्ड पुगेका थिए ।
असार ३ गते थाइल्यान्ड पुगेका ज्ञानेन्द्र शाह परिवार आज साँझ ७ बजे थाई एयरवेजको विमानबाट नेपाल फर्कन लागेका हुन्। अमेरिका पढ्दै गरेका नाती हृदयन्द्र एक साताअघि थाइल्यान्डबाट नेपाल फर्किसकेका छन् ।
दुई नातिनी पूर्णिका र कीर्तिकालाई थाइल्यान्डमै छाडेर ज्ञानेन्द्र परिवार नेपाल फर्कन लागेका हुन् ।