कोलम्बो — श्रीलंकाली सेनाले सरकारविरोधी प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै कोलम्बोस्थित राष्ट्रपति कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सेनाले प्रदर्शनस्थलमा बनाइएका टेन्ट पनि भत्काइदिएको छ ।
साथै केही प्रदर्शनकारी नेतालाई पनि उसले नियन्त्रणमा लिएको जनाइएको छ ।
राष्ट्रपति निर्वाचित भएपछि बोल्दै विक्रमासिंघेले देश निकै कठिन अवस्थामा रहेको बताए । उनले देशको हितका लागि सबै मिलेर काम गर्नुको विकल्प नभएको भन्दै राजनीतिक प्रतिस्पर्धीहरूको समेत मन जित्ने प्रयास थालेको जनाइएको छ ।