साउन ६, २०७९ शुक्रबार

 महेश सिंह । - सिरहाको भगवान्‌पुर गाउँपालिकामा कार्यरत रहेका करारका कर्मचारीहरूले पालिका घेराउ गरेका छन्।२०७४ को स्थानीय निर्वाचनपश्चात् गाउँपालिका पूर्वअध्यक्ष बेचनप्रसाद यादवले पालिकामा अपुग रहेका कर्मचारीको पदपूर्तिका लागि बोडको बैठक बसी सरकारी नीतिनियमअनुसार कर्मचारी भर्ना गरेका थिए।

२०७९ को निर्वाचनपश्चात् नवनिर्वाचित पालिका अध्यक्ष उग्रनारायण यादवले ३९ जना करार कर्मचारीमध्ये १४ जनालाई राखेका छन् र बाँकी २५ जनालाई हटाइएको छ । हटाइएका करार कर्मचारीहरूले पालिका घेराउ र पुनः काजमा फर्काउन पालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन्। 

उक्त कर्मचारीहरूलाई पुनः राख्न जसपा नेपालका नेता बेचनप्रसाद यादव, एकीकृत समाजवादीका नेता चन्द्रनारायण यादव, बहुजन शक्ति पार्टीका रमेनकुमार मंण्डल, जनमत पार्टीका नेता राजीब नायक र माओवादी केन्द्रका नेता आनन्दकुमार झाले संयुक्त रूपमा ज्ञापन पत्रमा हस्ताक्षर गरी करार कर्मचारीहरूलाई पुनः काजमा फर्काउन अध्यक्ष यादवलाई पत्र बुझाएका छन् ।