साउन ६, २०७९ शुक्रबार

भारततर्फ लैजान लागिएको ठूलो परिणामको सुपारी प्रहरीले बिहीबार राति नियन्त्रणमा लिएको छ । विराटनगर हुँदै आठवटा भारतीय ट्रकमा लोड गरिएको साढे आठ करोड रूपैयाँभन्दा बढीको सुपारी प्रहरीले विराटनगर महानगरपालिका–१८ बुधनगरबाट नियन्त्रणमा लिएको हो।  

आठवटा ट्रकमा लोड गरिएको दुई हजार छ सय ७८ बोरा सुपारी प्रहरीले नियन्त्रणमा लिएको पुष्टि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गरेका छन्। उनका अनुसार सुपारी दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम छ। सुपारी नेपाली आठ करोड ६३ लाख ८१ हजार पाँच सय ६८ रूपैयाँ बराबरको छ। यसको भारतीय मूल्य पाँच करोड ३९ लाख ८८ हजार चार सय ८० रुपैयाँ हुन्छ। 

 प्रहरीले सुपारी लोड गरिएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका ट्रक नियन्त्रणमा लिएको हो।