साउन ६, २०७९ शुक्रबार

एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने बैंकले जनाएको छ । 

सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । 

उक्त योजनामा पहिलो वर्षका लागि रु।५ लाखसम्मको दुर्घटना बीमा र रु।२ लाख सम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध रहेको बैंकले जनाएको छ । 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम बुथहरू सञ्चालन गरी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।